ट्याक्टर र माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु, ६ घाइते

ट्याक्टर र माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु, ६ घाइते

सप्तरीः जिल्लाको खडक नगरपालिका-६ वीरपुरमा आज बिहान मोटरसाइकललाई ठक्कर दिएर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा ६ जना घाइते भएका छन्।

ट्याक्टरमा सवार नरहा गाउँपालिका-३ की ६५ वर्षीया काखी यादवको उपचारका क्रममा युनिभर्सल अस्पताल कल्याणपुरमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ६२५६ नम्बरको ट्याक्टरले आज बिहान साढे ७ बजे विपरीत दिशाबाट आउँदै गरेको बा९३प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर पल्टिएको हो।

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

मंसिर ३, २०७८ शुक्रबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।