चिच्याएर वर माग्ने मेलाकाे आज अन्तिम दिन
पाल्पाः जिल्लाकाे सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला आज समापन हुँदैछ। जिल्लाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ।
सत्यवती बज्यैले कानले नसुन्ने भएकाले रातकाे समयमा चिच्याएर वर माग्ने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए।
बुधबारदेखि सुरु भएकाे तीनदिने मेला आज सकिँदै छ। यस मन्दिरकी देवीलाई पूजा गरेपछि टीका, चुरा र साडी चोलीसमेत चढाउने चलन छ। यहाँ परेवा र बाख्राको बलि दिने पनि गरिन्छ।
प्रत्येक वर्ष कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवतीमा धार्मिक मेला लाग्ने गर्दछ।
मंसिर ३, २०७८ शुक्रबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।