प्रहरीसँगको झडपमा केही कानुन व्यवसायी घाइते

प्रहरीसँगको झडपमा केही कानुन व्यवसायी घाइते

काठमाडौं : प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा आज पनि केही अधिवक्ता घाइते भएका छन्।

नेपाल बार एसोसिएसनमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा सामान्य झडप भएको थियो। 

प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले 'दंगा प्रहरी फिर्ता जाउ', 'अदालत परिसर हाम्रो हो', 'भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे' जस्ता नारा लगाएका थिए।

बारले आज वैकल्पिक गेटमा नजाने रणनीति लिएको छ।

मंसिर ३, २०७८ शुक्रबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।