काठमाडौंका २० प्रदेश सभा क्षेत्रमा आज कांग्रेसकाे अधिवेशन हुँदै
काठमाडाैंः नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका २० प्रदेश सभा क्षेत्रमा आज अधिवेशन हुँदैछ। आज काठमाडौंका १० निर्वाचन क्षेत्रको प्रदेश सभा ‘क’ र ‘ख’ गरी २० प्रदेश सभा क्षेत्रमा अधिवेशन हुन लागेको हो।
कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले आज हुने प्रदेश सभा क्षेत्रकाे निर्वाचनका लागि सबै प्रदेश सभामा निर्वाचन अधिकृत खटाइसकिएको बताए।
यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ। काठमाडौंमा एक महानगरपालिका र ९ नगरपालिका रहेका छन्।
यस्तै काठमाडौंमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ। कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ।
मंसिर ३, २०७८ शुक्रबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।