माैसम अपडेट: एक दुई स्थानमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातकाे सम्भावना
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज नेपालका केही स्थानमा वर्षा हुने जनाएकाे छ। हाल नेपालमा अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको कारण माैसममा बदली हुने भएकाे हाे।
हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरूमा सामान्य बदली रहेको छ।
यस्तै आज दिउँसाे देशका कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरूमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरूमा आंशिकदेखी सामान्य बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति पनि यही माैसम प्रणाली जारी रहने महाशाखाले जनाएकाे छ।
मंसिर ३, २०७८ शुक्रबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।