आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानककाे जन्मजयन्ती

आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानककाे जन्मजयन्ती

काठमाडाैंः शिख सम्प्रदायका प्रवर्तक गुरु नानककाे आज जन्मजयन्ती परेकाे छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो। उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए। उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गरेका थिए।

काठमाडाैंमा गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ।

मंसिर ३, २०७८ शुक्रबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।