सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ परे
झापाः प्रहरीले १८ वर्षपछि सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।
सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो। सोही समयदेखि फरार पराजुलीलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि जिल्ला अदालतमा पेश गरेको र पीसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताए।
मंसिर ३, २०७८ शुक्रबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।