रामदेव पुगे प्रचण्ड निवास, सितालाई भेटेर गरे स्वास्थ्यलाभको कामना

रामदेव पुगे प्रचण्ड निवास, सितालाई भेटेर गरे स्वास्थ्यलाभको कामना
तस्बिर : गङ्गा दाहालको फेसबुकबाट

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय योग गुरु स्वामी बाबा रामदेवले निवासमै पुगेर भेटेका छन्।

रामदेव आजै बिहीबार मात्रै सहकर्मी आचार्य बालकृष्णको साथमा काठमाडौँ ओर्लिएका हुन्। 

उनी प्रचण्ड निवास पुगेर बिरामी रहेकी प्रचण्ड पत्नी सीतालाई स्वास्थ्य लाभको कामना गरेका छन्। प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले सामाजिक सञ्जालमा तस्बिर राखेर रामदेवले स्वास्थ्य लाभको कामना गरेको लेखेकी छन्। 

‘भारतीय योग गुरु एवं पतञ्जलि योगपिठका सञ्चालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णद्वारा आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसँग भेट गर्नुभएको छ,’स्वकीय सचिव गङ्गाले फेसबुकमा लेखेकी छन्,‘यसै क्रममा उहाँहरूले आमा सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’

मंसिर २, २०७८ बिहीबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।