उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु 

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु 
साङ्केतिक तस्बिर

उदयपु्रगढी गाउँपालिका-६ दनुवारबेँसीमा प्रदेश २-०१-००१ त १०८३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको हो। १२ जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका-९ गैरुनका ४० वर्षीय बौवा सदाको जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विराटनगरको  न्युरो अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मध्ये पाँच जना गम्भीर रहेको र उनीहरूको विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

मंसिर २, २०७८ बिहीबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।