असन्तुष्ट न्यायाधीशहरू भोलिदेखि इजलासमा बस्ने, बन्दी प्रत्यक्षीकरण बाहेकका पनि मुद्दा हेर्ने

गोला प्रथाबाट मुद्दा हेर्न तयार भएका न्यायाधीशहरुले शुक्रबारदेखि पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ता लगायतका मुद्दामा सुनुवाइ गर्ने भएका हुन्।
उनीहरू नियमावली संशोधन गरेर गोला प्रथा लागू नभएसम्म बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ता लगायतका मुद्दामा मात्र सुनुवाइ गर्न तयार भएका हुन्।
सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ। मुद्दाको पेसी गोला प्रथाबाट तोक्न नियमावली संशोधन गर्नुपर्ने हुन्छ। नियमावली संशोधन भएर गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था कार्यान्वयनमा आए प्रधानन्यायाधीशले पेसी ताेक्ने अधिकार खाेसिने छ।
फुल कोर्ट बैठकले गोला प्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ। बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ। याे राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुल कोर्ट बसेर त्यसले तोकेपछि गोला प्रथा लागू हुनेछ।
न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग इजलास भने सेयर नगर्ने भएका छन्।
मंसिर २, २०७८ बिहीबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।