गोला प्रथाबाट इजलास तोक्ने नियमावली र कार्यविधि पास भयो

गोला प्रथाबाट इजलास तोक्ने नियमावली र कार्यविधि पास भयो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित बसेको न्यायाधीशहरूको बैठकले गोला प्रथाको कार्यविधि पास गरेको हो। पेशी तोक्ने नयाँ प्रावधान लागु गर्न सर्वोच्च अदालत नियमावली समेत संशोधन गरिएको छ।

मुद्दामा हुने चलखेल रोक्न गोला प्रथाका आधारमा इजलासमा न्यायाधीशको चयन गर्न सुझाव आए पनि सो लागु हुन सकेको थिएन। प्रधानन्यायाधीश राणाले गोला प्रथाको प्रावधान लागु गर्न अस्वीकार गरेको दाबी गरिँदै आएको थियो।

गोला प्रथासहितको माग राखेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन सुरु भएपछि उनी गोला प्रथा लागु गर्न सहमत भए पनि उनी विरुद्ध आन्दोलन शुरु हुँदा फूल कोर्ट बस्न सकेको थिएन। उनी सहमत भएपछि बिहीबार फूल कोर्ट बसेर प्रधानन्यायाधीशको तजबिजमा इजलास तोक्ने प्रथा अन्त्य गरेर अब गोला प्रथाबाट इजलास तोक्ने पद्धति सुरु गर्न लागिएको हो।

 

 

 

मंसिर २, २०७८ बिहीबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।