विवेकशील साझाका पाण्डे समूहको नयाँ युवा सङ्गठन

विवेकशील साझाका पाण्डे समूहको नयाँ युवा सङ्गठन

विवेकशील साझा पार्टीभित्र आन्तरिक द्वन्द्व चल्दै गर्दा मिलन पाण्डे पक्षका नेताहरूले नयाँ युवा सङ्गठन घोषणा गरेका हुन्।

सङ्गठनको केन्द्रीय संयोजकमा शिशिर बन्जारा, महासचिवमा अशोक खड्का रहेका छन्। ५१ सदस्यीय केन्द्रीय समितिमा पहिलेदेखि नै वैकल्पिक राजनीतिमा सक्रिय केही र केही नयाँ युवा सहभागी छन्।

वैकल्पिक राजनीतिको वास्तविक धरातल, भाष्य र दर्शन भन्दा फरक पश्चगामी, संविधान विरोधी, व्यवस्था विरोधी, युवा विरोधी, परिवर्तन विरोधी मार्गमा वैकल्पिक राजनीतिलाई विसर्जन गर्न खोजिएको भन्दै  युवाहरूले प्रतिरोध गर्दै सङ्गठित हुन परेको सङ्गठनका महासचिव अशोक खड्काले बताएका छन्।

विगत एक दशकमा वैकल्पिक राजनीतिले प्राप्त गरेको उपलब्धिलाई व्यवस्था विरोधी बहसले गिजोलेको भन्दै आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले वैकल्पिक राजनीतिलाई अघि बढाउन स्वतन्त्र वैकल्पिक सङ्गठन घोषणा गरेको नवगठित युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले बताए। 

उनले थपे ‘ हालको वैकल्पिक राजनीतिको बहसले युवाका सपनाहरू सम्बोधन गर्न सकेन, त्यसको परिणाम स्वरूप युवाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेका हुन्। छिट्टै काठमाडौँमा भव्य कार्यक्रम मार्फत सङ्गठनका थप रणनीति र कार्य योजना सार्वजनिक गर्नेछौँ।’

१६ जनाको नाम दोस्रो चरणमा सार्वजनिक गरिने जानकारी सहित ५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ। उक्त युवा सङ्गठनमा केन्द्रीय सदस्यहरू शिशिर बन्जारा ( संयोजक ), अशोक खड्का ( महासचिव ), कुशल राज सिग्देल, अमृत बराल, मनीषा घर्ती, उपार्जुन चाम्लिङ, विमल राज पौडेल, अविना उपाध्याय, समीक्षा बानियाँ, आदित्य कर्ण, नवीन राई, सन्देश केसी, श्रीधर काफ्ले, योगेश चौधरी, मनीषा विश्वकर्मा, आर्सीका पोखरेल, सागर पाण्डे, शिशिर ठकुरी, आशिष प्रधान, रुद्र बस्नेत, नवीन बुढाथोकी, पूजा मेहता, गिरेन कुमार शाह, समीक्षा शेर्पाली, बिपना मण्डल, रोहन दंगाल, पवन थापा मगर, युजन राजभण्डारी, सपना भट्टराई खनाल, विकल राई, शंकर बस्याल, प्रभास बस्न्यात, रेसम के श्रेष्ठ, रोशन चौलागाई रहेका छन्।

मंसिर २, २०७८ बिहीबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।