४६ वर्षकाे उमेरमा साेराेगेसीमार्फत जुम्ल्याहाकाे आमा बनिन् प्रिती जिन्टा
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस बारे जानकारी दिएकी हुन्। उनले लेखेकी छिन्, 'म सबैसँग आज खुशीकाे खबर बाँड्न चाहान्छु। जीन(प्रितीका श्रीमान्)र म धेरै खुशी छौं। हामी हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुनइनफ र जिया जिन्टा गुडइनफलाई आफ्नाे परिवारमा स्वागत गर्दछौं।'
उनले आफूहरू जीवनकाे नयाँ अध्यायकाे लागि निकै उत्साहित भएकाे पनि बताएकी छिन्। उनले चिकित्सक, नर्ससहित साेराेगेटलाई पनि धन्यवाद प्रकट गरेकी छिन्।
प्रिती जिन्टाले सन् २०१६ मा आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग विवाह गरेकी थिइन्। यी दुवै हाल अमेरिकामै बसाेबास गर्दै आएका छन्।
मंसिर २, २०७८ बिहीबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।