प्रहरी दमनपछि नेपाल बारको आकस्मिक बैठक बस्दै
काठमाडाैंः नेपाल बार एसाेसिएसनले आकस्मिक बैठक बाेलाएकाे छ। आज सर्वाेच्च अदालत परिसरमा प्रहरी र कानून व्यवसायीबीच मुठभेड हुँदा थुप्रै घाइते भएका थिए।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित अधिवक्ताहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा र ऋषिराम घिमिरे घाइते भएका थिए।
मंसिर २, २०७८ बिहीबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।