सर्वोच्चमा बिहीबारका लाग‍ि ९ वटा इजलासमा पेसी तोकियो 

सर्वोच्चमा बिहीबारका लाग‍ि ९ वटा इजलासमा पेसी तोकियो 

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बिहीबारका लागि ९ वटा इजलासमा पेसी ताेकेका छन्। आज बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा पेसी ताेकिएकाे छ। 

प्रधानन्यायाधीश राणाले आफ्ना लागि भने आज कुनै पनि इजलास ताेकेका छैनन्। आजका लागि ताेकिएका ९ इजलासमध्ये एक पूर्ण इजलास समेत रहेकाे छ। यस्तै ७ वटा संयुक्त र एउटा एकल इजलास रहेको छ।

इजलासमा पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन। गत कात्तिक १४ गतेदेखि नेपाल बार एसाेसिएसनसहित विभिन्न असन्तुष्ट न्यायाधीशहरूकाे विराेध तथा धर्नाका कारण बीचमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा सर्वाेच्चमा सुनुवाइ हुन सकिरहेकाे छैन। 

मंसिर २, २०७८ बिहीबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।