राेकेर राखेकाे बसमा माेटरसाइकल ठोकिँदा चालककाे मृत्यु
सप्तरीः जिल्लाकाे शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा गए राति बिग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गए राति पौने ११ बजे ना५ख ८०१० नम्बरको यात्रुबाहक बसमा, प्रदेश २–०१–००१प २९७१ नम्बरको मोटरसाइकल ठोकिएकाे थियाे।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरीकै डाक्नेश्वरी नगरपालिका-१ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो।
दुवै सवारी साधनसहित बस चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिइसकेको छ।
मंसिर २, २०७८ बिहीबार ११:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।