कानून व्यवसायीमाथि प्रहरीकाे लाठीचार्ज: थुप्रै घाइते

कानून व्यवसायीमाथि प्रहरीकाे लाठीचार्ज: थुप्रै घाइते

काठमाडाैंः सर्वाेच्च अदालतमा प्रदर्शनरत कानून व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा थुप्रै अधिवक्ताहरू घाइते भएका छन्। सर्वाेच्च अदालत परिसरमा आज प्रदर्शनका क्रममा कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्ज गरेकाे थियाे। 

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित थुप्रै घाइते भएका छन्। तीमध्ये प्रकाश महर्जनलाई उपचारको लागि अस्पताल लगिँदै छ। यस्तै अधिवक्ताहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा र ऋषिराम घिमिरे पनि घाइते भएका छन्। 

आज सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने नेपाल बार एसाेसिएसनकाे तयारी छ। केही दिनयता बारकाे मूलगेटभित्रको धर्ना छल्दै प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए। 
 

मंसिर २, २०७८ बिहीबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।