कैलालीमा सकियो कांग्रेसको पालिका अधिवेशन

कैलालीमा सकियो कांग्रेसको पालिका अधिवेशन

धनगढीः नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत कैलालीमा पालिका अधिवेशन सकिएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा निर्वाचनमार्फत र ५ मा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको प्रचार प्रसार संयोजन नृप सुनारले जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको सभापति पदमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन्। सभापति चयन भए पनि अन्य पदाधिकारी र सदस्यहरूको भने टुङ्गो अझै लाग्न नसकेको सुनारले बताए।

उनका अनुसार जोशीपुर गाउँपालिकामा बसिराम चौधरी, जानकी गाउँपालिकामा गणेश रेग्मी, मोहन्याल गाउँपालिकामा कमल साउद र कैलारी गाउँपालिकामा कृष्ण चौधरी सर्वसम्मतरूपमा सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै भजनी नगर सभापतिमा नवराज मिश्र, गोदावरी नगर सभापतिमा वीरबहादुर चोखाल, गौरीगङ्गा नगरपालिकामा  पहलविक्रम चन्द, लम्किचुहा नगर सभापतिमा ईन्द्र कुँवर, घोडाघोडी नगरपालिकाको सभापतिमा बमबहादुर सिंह, चुरे गाउँपालिकाको सभापतिमा हेम शाह, वर्दगोरिया गाउँपालिकाको सभापतिमा कृष्ण विष्ट र टीकापुर नगर सभापतिमा नरेश खत्री निर्वाचनबाट चुनिएका छन्।

पालिका अधिवेशनमा १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापतिहरूले विजय हासिल गरेका हुन्। पालीका अधिवेशन पछि मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन र मङ्सिर १० गते जिल्ला अधिवेशन गर्ने तालिका छ।

मंसिर २, २०७८ बिहीबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।