अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने
काठमाडाैंः तीन दिने नेपाल भ्रमणका लागि हिजाे काठमाडाैं ओर्लिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्। नेपालमा एमसीसी संसद्बाट पारित गर्ने वा नगर्ने विवादका बीच सहायक विदेशमन्त्री लु हिजाे नेपाल आएका थिए।
आज प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र लुबीच भेटवार्ता हुने भएकाे छ।
नेपाल भ्रमणका क्रममा उनले अमेरिकी सहयाेगमा निर्मित विभिन्न परियाेजनाका साथै सांस्कृतिक सम्पदाहरूकाे अवलाेकन गर्नेछन्। यस्तै एमसीसी परियाेजनाकाे विषयमा पनि विभिन्न उच्च तहका नेताहरूसँग छलफल गर्नेछन्।
यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी थिइन्। भ्रमणका क्रममा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइबारे छलफल गरेकी थिइन्।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
मंसिर २, २०७८ बिहीबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।