माैसम अपडेट: अरब सागरकाे प्रभाव, विभिन्न स्थानमा बदली

माैसम अपडेट: अरब सागरकाे प्रभाव, विभिन्न स्थानमा बदली

काठमाडाैंः नेपालका विभिन्न स्थानहरूमा आज माैसममा बदली हुने भएकाे छ। हाल नेपालमा अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको कारण माैसममा बदली हुने भएकाे हाे।

हाल देशका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने राति पनि यही माैसम प्रणाली रहने छ।

यस्तै वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन पनि माैसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ।

मंसिर २, २०७८ बिहीबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।