केन्द्रीय सभापति देउवाविरुद्ध डडेलधुराका सभापति अनशनमा
काठमाडौँ : डडेलधुराको वडा र पालिकाको अधिवेशन एकतर्फी रूपमा गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ल रिले अनसनमा बसेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा अधिवेशन गरेको र ती अधिवेशन रद्द हुनुपर्ने उनको माग छ।
जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै मल्ल पक्षले अधिवेशन नै बहिस्कार गरेको थियो। तर निर्वाचन समितिले अधिवेशन प्रक्रिया अगाडि बढाएपछि मल्ल पक्ष अनसनसम्म आइपुगेको हो।
उनीहरू पहिला जिल्ला पार्टी कार्यालयमा अनसनमा बसेका थिए। तर सुनुवाइ नभएको भन्दै बुधवारबाट केन्द्रमा अनसन सुरु गरेका हुन्।
रिले अनसनमा उनीसँगै जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेता र कार्यकर्ता सहभागी छन्।
मंसिर १, २०७८ बुधबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।