अबको चुनावमा माओवादी मधेसको पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

अबको चुनावमा माओवादी मधेसको पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

महोत्तरी : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेसको पहिलो पार्टी बन्ने दाबी गरेका छन्। महोत्तरीको रामगोपालपुरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन्।

उनले चुनावमा जनताले नक्कलीलाई बढार्ने दाबी गरेका थिए। मधेस र मधेसी जनताको मुक्तिको शङ्खनाद माओवादीले गरेको दाबी गर्दै उनले  मधेसी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर माओवादी केन्द्रलाई नम्बर एक बनाउने बताए।

उनले मधेसी जनताको हक अधिकारका निम्ति आफैँले दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको दाबी गरेका थिए। संविधान संशोधनका लागि आवश्यक बहुमत नभएकाले संविधान संशोधन गर्न नसकिएको उनको तर्क थियो।

उनले संविधान संशोधन प्रस्तावमा एमाले असहयोग गरेकाले असफल भएको दाबी समेत गरे। उनले न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने दाबी समेत गरेका थिए। प्रचण्डको कार्यक्रमका लागि नगरपालिकाले बुधबार सो क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो।

मंसिर १, २०७८ बुधबार २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।