सङ्खुवासभा पुगेर शशाङ्कले भने' सभापतिको उम्मेदवार मै हुँ

सङ्खुवासभा पुगेर शशाङ्कले भने' सभापतिको उम्मेदवार मै हुँ

सङ्खुवासभा: नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। बुधबार सङ्खुवासभा आएका उनले तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने बताएका हुन्।

उनले आफू पार्टी सभापति पदका लागि बलियो उम्मेदवार भएको बताउँदै सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए। उनले अहिले जारी रहेको सत्ता गठबन्धन चुनाव अघिसम्म मात्रै रहने समेत बताएका थिए।

उनले आगामी चुनावमा काँग्रेसले कुनै पार्टीसँग तालमेल नगरी एक्लै लड्ने दाबी गरेका थिए। काँग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको दाबी छ। कोइरालाले आगामी निर्वाचनपछि काँग्रेसले बहुमतको सरकार बनाउने दाबी समेत गरेका थिए।

मंसिर १, २०७८ बुधबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।