अमेरिकी सहायक विदेश मन्त्री नेपाल आइपुगे, भोलि उपसहायक मन्त्री आउने
काठमाडौँ : दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु तीन दिने भ्रमणका क्रममा नेपाल आएका छन्। बुधबार बेलुका उनी नेपाल आइपुगेका हुन्।
दुई महिनाअघि सहायक विदेश मन्त्रीको कार्यभार सम्हालेका लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट्दै छन्। उनले शुक्रवार परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्। अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेश मन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ।
बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्दै छन्। उनले पनि नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।
मंसिर १, २०७८ बुधबार २०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।