रानीसँगको किसिङ सिन सम्झँदै सैफले भने' इतिहासकै सबैभन्दा खराव सिन'

रानीसँगको किसिङ सिन सम्झँदै सैफले भने' इतिहासकै सबैभन्दा खराव सिन'

एजेन्सी : भारतीय अभिनेत्री रानी मुखर्जी र अभिनेता शैफ अली खान एक पटक फेरि बन्टी और बबली बनेर पर्दामा आउने भएका छन्। यी दुवै अहिले फिल्म प्रमोसनमा व्यस्त छन्। यो बन्टी और बबलीको सिक्वेल हो।

यी दुवैको यो पहिलो फिल्म भने हैन। यी दुवैको अनस्क्रिन जोडिलाई दर्शकले पहिल्यै रुचाएका छन्। 'हम तुम' फिल्ममा यी दुवैको रोमान्टिक किसिङ सिन खिचिएको थियो। सैफका अनुसार यो दृश्य इतिहासको सबैभन्दा खराब किस सिन हो।

उनले हालै एक अन्तर्वार्तामा सो दृश्य खिच्दा आफू एकदम अनकन्फर्टेवल भएको र निकै डराएको बताएका छन्। यशराज फिल्मको युट्युब च्यानलमा सैफ र रानी 'बन्टी और बबली-२ बारे कुराकानी सार्वजनिक भएको छ। सो कुराकानीमा उनले रानीसँगको सो किसलाई इतिहासकै सबैभन्दा खराब किस भनेका हुन्।

सो संवादमा रानीले उनलाई सोध्छिन्' तपाइलाई याद छ हामीले किसिङ सिन गर्नु भन्दा अगाडि कति डराएका थियौँ ?' त्यसको जवाफ दिँदै सैफ भन्छन्' हो मलाई याद छ, त्यो सिन गर्न तपाई कति डराउनुभएको थियो। म त्यो दिन सेटमा पुगे। तपाई म सँग त्यो दिन अली बढी नै राम्रो व्यवहार गरिरहनुभएको थियो। तपाईँले तपाइलाई कस्तो छ, चालकलाई कस्तो छ भनेर सोध्नुभयो।'

सैफको कुरा सुनेर रानी हाँस्छिन्। सैफ भन्छन्' म यो किसिङ सिन गर्न सक्दिन भने। तर मेरो बोसले गर्नै पर्छ भनेर कर गरे।'

त्यो बेला रानी पनि निकै नर्भस थिइन्। अन्तमा सिन गर्न दुवै राजी भए र सुट पनि भयो। कुराकानीमा रानी हाँस्दै भन्छन्' त्यो निकै अनकन्फर्टेबल थियो।'

मंसिर १, २०७८ बुधबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।