६ महिनापछि 'मेरी बास्सै'मा फर्किइन् चम्सुरी
काठमाडौँ : दुवै मिर्गौला बिग्रिएपछि अभिनयको सेट छाडेर अस्पतालको बेडमा पुगेकी कलाकार पल्पसा डङ्गोल ‘चम्सुरी’ टेलिभिजनको पर्दामा फर्किएकी छिन्।
६ महिनादेखि मिर्गौलाको उपचारमा रहेकी उनी 'मेरी बास्सै' को सेटमा फर्किएकी हुन्। मेरी बास्सै टिमले चम्सुरलाई फुलै फुल ओच्छ्याएर स्वागत गरेको प्रोमो प्रसारण गरेको छ भने चम्सुरीले पनि सामाजिक सञ्जालमा ‘मेरी बास्सै हेर्नुहोला। म भेट्न आउँदै छु' लेखेकी छिन्।
मिर्गौलामा समस्या देखिएपछि उनले ५ वर्षदेखि डायलिसिस गराउँदै आएकी थिइन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनी ६ महिना अगाडि उपचारका लागि शिक्षण अस्पताल भर्ना भएकी थिइन्।
उनको स्वास्थ्य अवस्थाबारे भने उनको टिमका कसैले केही खुलाएका छैनन्। उनी अहिले पनि डायलिसिस प्रक्रियामै छिन् या उनले मिर्गौला फेरिन् खुलेको छैन।
मङ्गलवार प्रसारण भएको ७२९ भागको प्रारम्भमै उनले स्वास्थ्यको कारण मेरी बास्सैमा आउन नपाएको भन्दै दर्शकको मायाका कारण यतिसम्म भएको बताइन्। उनी निकै दुब्ली देखिएकी थिइन्। उनले स्वास्थ्यलाई ख्याल गर्दै मेरी बास्सैमा आफू आइरहने बताएकी थिइन्।
मंसिर १, २०७८ बुधबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।