कोरोना अपडेट : ४ सय १२ सङ्क्रमित, एक जनाको मृत्यु
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ४ सय १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा कुल ११ हजार ९ सय ९३ जनाको परीक्षण भएको थियो। परीक्षण भएकामध्ये ४ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्। देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ। सङ्क्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएकाले मृतकको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ। हाल देशभर सक्रिय सङ्क्रमित ७ हजार ६ सय ३६ छन्।
मंसिर १, २०७८ बुधबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।