प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रदर्शन गर्न पत्रकार महासङ्घको आग्रह
काठमाडौँ : नेपाल पत्रकार महासङ्घले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ। अदालतमा जारी गतिरोधबारे विज्ञप्ति प्रकाशित गर्दै उसले' नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नहरुलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो।
सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति महासङ्घको धन्यानाकर्शण भएको उल्लेख गर्दै विज्ञप्तिमा नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकायमा देखिएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ। नेपालको संविधानले परिकल्पना गरेको शक्ति पृथकिकरणको सिद्धान्त अनुरूप खडा भएको सर्वोच्च न्यायालय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासङ्घ अडिग रहेको उल्लेख गरेको छ।
सर्वोच्चको नेतृत्वप्रति गैर न्यायिक आचरणको प्रश्न उठाउँदै बारले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुखद भएको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले सर्वोच्चमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जन निर्वाचित संसद, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताका लागी अपिल समेत गरेको छ।
मंसिर १, २०७८ बुधबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।