सर्वोच्च अदालतका कर्मचारी पनि आन्दोलित
काठमाडौं : सर्वोच्च अदालतका कर्मचारी पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका बेला कर्मचारीहरु पनि आन्दोलनमा उत्रेका हुन्।
अहिले देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने उनीहरुको माग छ।
मंगलबारदेखि सुरु आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीले हस्ताक्षर संकलन गरी बुझाउने अभियान सुरु भएको जनाइएको छ।
अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवं न्यायाधीशहरुलाई ऐक्यवद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरुको भनाइ छ।
देशभरबाट प्राप्त हुने सबै हस्ताक्षर आज प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई बुझाइने छ।
मंसिर १, २०७८ बुधबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।