प्रधानन्यायाधीशप्रति शभ्मु थापाको कटाक्ष : भ्रष्टाचारको प्रमाणसहित महाभियोग दर्ता गर्नुपर्छ
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेकोले अब नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्षी दलमा गएको बताएका छन्।
'हामीले राम्रो प्रधानन्यायाधीश नियुक्ति गर भनेर आन्दोलन गरिरहेका छौं। कस्तो प्रधानन्यायाधीश बनाउने दलहरुको हातमा छ,' नेपाल बार एसोसिएसनको आन्दोलनमा बुधबार बोल्दै थापाले भने।
वरिष्ठ अधिवक्ता थापाको प्रश्न थियो, 'हिजो गठबन्धन दलको बैठक बसेछ। उहाँहरुले किन नयाँ प्रधानन्यायाधीश नियुक्तिको कुरा किन गर्नुभएन? प्रतिपक्षी दलले किन नयाँ नियुक्तिको कुरा उठाउँदैन?'
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराप्रति कटाक्ष गर्दै भ्रष्टाचारको प्रमाणसहित महाभियोग दर्ता गर्नुपर्ने बताए।
मंसिर १, २०७८ बुधबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।