भ्रष्ट प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन रोकिँदैन : बार अध्यक्ष श्रेष्ठ

भ्रष्ट प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन रोकिँदैन : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्ट प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको आजको कार्यक्रममा बोल्दै श्रेष्ठले आफूहरुले न्यायालयको विसंगति हटाउन चाहेको र तर प्रधानन्यायाधीश त्यसको बाधक बनेको दावी गरे।

उनले भने, 'हामीले विसंगति हटाउन चाहेका छौं। निष्पक्ष न्याय चाहेका छौं। त्यसका लागि प्रधानन्यायाधीशको राजीनामा अनिवार्य छ।'

हरिकृष्ण कार्किको प्रतिवेदन नचाहने बिचौलिया हुन् भन्दै श्रेष्ठले राजीनामा मात्रै होइन, सिंगो न्यायालयको विकृति नहट्दासम्म आन्दोलन जारी रहने बताए। उनले भने, 'आन्दोलनको मोडेल फरक हुन्छ। तर प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल हामी रोकिँदैनौं।'

मंसिर १, २०७८ बुधबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।