प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी, न्यायाधीशहरूसँग आज पनि छलफल गर्ने 

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी, न्यायाधीशहरूसँग आज पनि छलफल गर्ने 

काठमाडौँ : कानुन व्यवसायीहरुले  सहज ढङ्गले पदबाट राजीनामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई दबाब दिएका छन्।

बिहीबार सर्वोच्च अदालतको मूल गेटमा विरोध प्रदर्शन गरेर कानुन व्यवसायीहरूले मङ्सिर ३ गतेसम्मको अल्टिमेटम भित्र बहिर्गमन नभए देशभरका अदालतमा आन्दोलन केन्द्रित गर्ने अधिवक्ता ईश्वरी प्रसाद अधिकारीले चेतावनी दिए। 

राणाले थेग्न नसक्ने आन्दोलन हुने अधिवक्ता अधिकारीले बताए। उनले आज पनि बार पदाधिकारीले न्यायाधीशहरूसँग छलफल गर्ने जानकारी दिए। 

अधिवक्ता शङ्कर सुवेदीले नागरिक समाज, पूर्व न्यायाधीश फोरमले महाअभियोग लगाउने आधार दिइसकेको बताए। ‘संसद्को सीमित सङ्ख्याले भन्दा जनताले महाअभियोग लगाइसकेको छ,’उनले भने,‘न्यायपालिकामा चोलेन्द्रको राजीनामा मात्र हाम्रो माग होइन। यो शुद्धीकरणको पहिलो खुड्किलो हो।’

वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीले प्रधानन्यायाधीश राणाले सम्माननीय भन्ने विशेषण गुमाइ सकेको बताए। ‘अलिकति नैतिकता भए राजीनामा दिनुहुन्थ्यो,’उनले भने,‘अझै पनि ३ गतेभित्र राजीनामा दिनुहोस्।’ 

उनले प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा बसेका ५ जना न्यायाधीशविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिए। उनले भने,‘५ जना न्यायाधीशहरू विचलित भए हामी तपाइहरूविरूद्ध आउँछौ।’

उनले राजनीतिक दलले साथ नदिए पनि आन्दोलन जारी राख्ने बताए। 

मंसिर १, २०७८ बुधबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।