कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएको १४ औँ दिनमा एक जना मन्त्री नियुक्त
मन्त्रीमा मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले शाहीलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
पहिला कानुन मन्त्रालयमा नियुक्त गर्ने भनिए पनि शाहीले असन्तुष्ट जनाएपछि कृषि मन्त्रालयमा नियुक्त गरिएको हो। मुख्यमन्त्रीमा नियुक्त भएका जीवनबहादुर शाहीले १४ औँ दिनमा एक जना मन्त्री नियुक्त गरेका छन्।
बाँकी मन्त्री कति दिनमा नियुक्ति गर्ने भन्ने बारे छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
नेकपा एमाले मुगुबाट निर्वाचित सांसद शाही नेकपा विभाजनसँगै माधव नेपालको पक्षमा लागेका थिए। तर, औपचारिक रूपमै पार्टी विभाजन भएपछि शाहीले नेकपा एकीकृत समाजवादी राजेका हुन्।
मुगुको सोरु गाउँपालिका १ जवलाधाराका शाहीले आइएलसम्मको अध्ययन गरेका छन्। २०४० सालदेखि राजनीतिमा लागेका शाहीले तीन वर्ष जेल जीवन बिताएका थिए।
कात्तिक ३०, २०७८ मंगलबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।