एघार वर्षको प्रेम सफल बनाउँदै राजकुमारले गरे प्रेमिका पत्रलेखासँग विवाह
एजेन्सी : भारतीय अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरेका छन्। उनले सोमबार ११ वर्षदेखि सम्बन्धमा रहेकी प्रेमिकासँग विवाह गरेका हुन्।
उनको विवाहमा दुवैतिरका पारिवारिक सदस्यसँगै बलिउडका कलाकारहरू समेत सहभागी भएका थिए।
यी दुवै ११ वर्षदेखि रिलेसनमा थिए। तर दुवैको सम्बन्ध मिडियाबाट जोगिँदै आएको थियो। दुवैले चन्डीगढमा विवाह गरेका थिए। यी दुबैबिच १३ नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो।
उनको विवाहमा फराह खान, हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर लगायतकाहरु सहभागी भएका थिए।
कात्तिक ३०, २०७८ मंगलबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।