टायर बाल्ने विप्लवका कार्यकर्ता भद्रकालीबाट पक्राउ
तस्बिर : कृष्पा श्रेष्ठ
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लवको नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल बन्द सफल पार्न भन्दै टायर जलाइरहेका बन्दकर्तालाई काठमाडौंको भद्रकालीबाट पक्राउ गरेको हो।

टायर बालेर नाराबाजी गर्दै गरेका केही प्रदर्शनकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि विरुद्ध आज विप्लवको नेकपा माओवादीले नेपाल बन्दको आयोजना गरेको छ।

कात्तिक ३०, २०७८ मंगलबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।