सर्वाेच्चका ५ न्यायाधीश इजलासमा फर्किए
काठमाडाैंः सर्वाेच्च अदालतका पाँच जना न्यायाधीश २२ दिनपछि इजलासमा फर्किएका छन्। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म इजलासमा नफर्किने न्यायाधीशहरूको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन।
प्रधानन्यायाधीश जबराले सामान्य मुद्दामा पनि पेसी तोकेपछि न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीले संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ थालेका छन्।
रेग्मी र केसीको संयुक्त इजालसमा मंगलबारका लागि बन्दीप्रत्यक्षीकरणका कुनै मुद्दा छैनन्। सोमबारदेखि आन्दोलन छाडेर उनीहरू काममा फर्किने निर्णयमा पुगेका थिए।
सोमबार बसेको दुवै बार र न्यायाधीशहरूको बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, कुमार चुडाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा थिए।
कात्तिक ३०, २०७८ मंगलबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।