तेस्राे चरणकाे आन्दाेलनकाे याेजना बनाउन बार पदाधिकारी छलफलमा

तेस्राे चरणकाे आन्दाेलनकाे याेजना बनाउन बार पदाधिकारी छलफलमा

काठमाडाैंः नेपाल बार एसाेसिएसनका पदाधिकारीहरू सर्वाेच्च अदालत प्रवेश गरेका छन्। असन्तुष्ट न्यायाधीशहरूसँग छलफलका लागि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्त्वमा पदाधिकारी सर्वोच्च प्रवेश गरेका हुन्।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा र विद्राेह गरेका पाँच न्यायाधीशहरू भने छलफलमा सहभागी छैनन्। 

बारले न्यायाधीशहरूसँग छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम बनाउने बताएको छ। आज बारको दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो।

यस्तै मङ्गलबार १२:५० मा यसअघि प्रयाेग गर्दै आएकाे बाटोबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेका छन्। 

कात्तिक ३०, २०७८ मंगलबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।