बन्द अवज्ञा गरेकाे भन्दै साझाको बस तोडफोड
काठमाडाैंः विप्लव नेतृत्वका नेकपाले साझा यातायातका दुई गाडी तोडफोड गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दलाई बेवास्ता गर्दै बस चलाएको भन्दै लतिपुरको इटी चोकमा साझाका बस तोडफोड भएकाे हाे।
‘बन्दमा पनि ३६ गाडी चलेको छ। त्यसमध्ये दुई गाडी बिहान ८ बजे इटी चोक, लगनखेलमा तोडफोड भएको छ,’ प्रशासन सहायक धनराज दाहालले भने। गाडी तोफोड भए पनि के कति क्षति भयो भन्ने विवरण भने पूरा नआइसकेको उनले बताए।
‘बेलुका मात्र के कति क्षति भएको भन्ने जानकारी आउँछ। अहिले तोडफोड भएका बससहित राजधानीमा ३६ वटै बस चलिरहेका छन्’, दाहालले उकेरासँग भने।
कात्तिक ३०, २०७८ मंगलबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।