सर्वाेच्चकाे मूलगेटकाे धर्ना सकियाे, बार प्राङ्गणमा काेण सभा चल्दै
काठमाडाैंः नेपाल बार एसाेसिएसनले र कानून व्यवसायीहरूले सर्वाेच्च अदालतकाे मूलगेटमा गरेकाे धर्ना सकिएकाे छ। हाल बार एसाेसिएसनकाे प्राङ्गणमा कानून व्यवसायीहरूकाे कोण सभा चल्दैछ।
धर्नामा नेपाल बारका महासचिव लिलामणि पौडेल, बारका केन्द्रीय सदस्य पञ्चनारायण मण्डल र कल्पना भण्डारी, अधिवक्ता ज्योति बानियाँ, मनिषकुमार श्रेष्ठलगायतले सम्बाेधन गरेका थिए। उनीहरू सबैले प्रधानन्यायाधीशकाे राजीनामा माग गरेका थिए।
यस्तै आज प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा सर्वाेच्च अदालत आएका छैनन्। धर्नाकाे बीचमा प्रधानन्यायाधीश सर्वाेच्च प्रवेश गरेकाे भन्ने खबर फैलिएपछि अधिवक्ताहरूले प्रधानन्यायाधीश आउने बाटोतिर फर्केर उनीविरुद्ध नाराबाजी गरेका थिए।
कात्तिक ३०, २०७८ मंगलबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।