आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गछौं : मुख्यमन्त्री शाही

आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गछौं : मुख्यमन्त्री शाही

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका छन्।

गए राति मुगुको गमगढी बजारमा भएको आगलागीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहीले स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने बताएका हुन्।

उनले तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरेको छ।

मंगलबार विज्ञप्तिमार्फत प्रदेश सरकार आगलागी पीडित स्थानीयको पुनर्स्थापनामा गम्भीर रहेको बताए। गए राति गमगढी बजारमा आगलागी हुँदा २१ घर नष्ट भएका थिए।

कात्तिक ३०, २०७८ मंगलबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।