बिहान र साँझ मात्रै लाइसेन्सको फर्म भर्न पाइने 

बिहान र साँझ मात्रै लाइसेन्सको फर्म भर्न पाइने 

काठमाडौँ : यातायात व्यवस्था विभागले कार्यालय समयमा चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन भर्न नपाउने जनाएको छ।

विभागका अनुसार प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि बेलुकी ५ बजेसम्मका लागि सेवा बन्द गरिने भएको हो। 

यो हप्ता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउने विभागले जनाएको छ। सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ।

दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमति पत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन्। विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो। 

कात्तिक २९, २०७८ सोमबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।