कार्यालय समयमा लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौँ : चापका कारण नियमित काम प्रभावित भएको भन्दै यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अनलाइनबाट सवारी चालक अनुमति पत्रको आवेदन बन्द गरेको छ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै उसले आवेदन प्रणालीमा अधिक चाप भएर यातायात कार्यालयबाट हुने दैनिक लाइसेन्स सम्बन्धी काममा असर परेको भन्दै कार्यालय समयमा अनलाइन आवेदन बन्द गराएको हो।
सूचना अनुसार प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत् रूपमा सञ्चालन हुने छ।
विभागले ६ महिना बन्द गरेर कात्तिक ८ गतेबाट अनलाइन आवेदन खुल्ला गरे पनि पटक-पटक बन्द गर्दै आएको छ। वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएका कारण रोकिएको आवेदन खुल्ला गरे पनि माग अनुसार लाइसेन्स दिन सकेको छैन।
कात्तिक २९, २०७८ सोमबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।