बालश्रममुक्त गर्ने लक्ष्यमा सरकारले माग्यो आईएलओसँग सहयोग 

बालश्रममुक्त गर्ने लक्ष्यमा सरकारले माग्यो आईएलओसँग सहयोग 

मन्त्रालयमा भएको भेटमा आईएलओसँग नेपालको साझेदारी र सहकार्यका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको निजी सचिवालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

मन्त्री श्रेष्ठले सबै स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यमा आईएलओबाट समेत सहयोगको अपेक्षा गरिएको बताएर उनले मर्यादित श्रमको अवधारणा अनुरूप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति सरकारले लिएको उनको भनाई थियो। 

भेटमा आईएलओका नेपाल निर्देशक होवार्डले थप साझेदारी र सहकार्य गरिने आश्वासन दिएका छन्।

कात्तिक २९, २०७८ सोमबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।