सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राससलाई अर्थमन्त्री शर्माले गरे आग्रह
प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राससलाई आग्रह गरेका हुन्।
जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रको रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको उनले बताए।
उनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आश्वासन पनि दिए।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रूपमा काम गर्न पनि अर्थमन्त्री शर्माले आग्रह गरे।
कात्तिक २९, २०७८ सोमबार १८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।