सर्वोच्चमा आज सबैखाले मुद्दामा ताेकियाे पेसी
आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकिएकाे छ। आज कूल दश वटा इजलासमा पेसी तोकिएकाेमा उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी ताेकेका छन्। यसअघि असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेञ्च शेयर नगर्ने बताएका थिए।
आजका लागि ताेकिएका पेसीहरूकाे सुनुवाइ सुरु भएकाे छैन। नेपाल बार एसाेसिएसन, सर्वाेच्च बारसहित विभिन्न असन्तुष्ट कानून व्यवसायीकाे धर्ना तथा विराेधका कारण अदालतकाे कामकारबाही प्रभावित भन्दै आएकाे छ।
यस्तै आजै प्रधानन्यायाधीशले विज्ञप्ति जारी गर्दै नेपाल बार र सर्वाेच्च बारलाई संवादमा आउन आह्वान गरेका छन्।
कात्तिक २९, २०७८ सोमबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।