प्रधानन्यायाधीशकाे विज्ञप्ति: संवादका लागि सर्वाेच्च र नेपाल बारलाई आह्वान
न्यायपालिकाकाे विशालतम पक्ष भनेकै नागरिककाे विश्वास भएको र न्यायपालिकाभित्र उत्पन्न गतिराेधका कारण नागरिकहरूकाे प्रश्न न्यायालयमै साेझिएकाे भन्दै उनले संवादका लागि आह्वान गरेका हुन्। विज्ञप्तिमा भनिएकाे छ- 'जनताले विश्वासकाे शीरमा राख्दै आएकाे यस संस्थाकाे गरिमा र सम्मानलाई जाेगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरूकाे साझा दायित्व हाे।'
उनले विज्ञप्तिमार्फत न्यायकाे एकै रथका दुई पाङ्ग्राकाे रूपमा रहेकाे बार र बेञ्चले आफ्नाे दायित्व मनन गरी न्यायकाे रथलाई फेरि जनताकाे सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनाैती खडा भएकाे पनि बताए।
उनले विगतका केही हप्ता न्यायपालिकाकाे इतिहासमा कहिल्यै हुन नहुने घटनाहरूकाे कारण स्मरण गरिने भन्दै सर्वाेच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रूपमा तथ्यहीन आराेप लगाउने काम भइरहनु चिन्ताकाे विषय भएकाे पनि बताएका छन्।
विज्ञप्तिमा भनिएकाे छ- 'सर्वाेच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हाे। यसभन्दा माथि र पवित्र अन्य कुनै पनि संस्था छैनन्। न्यायपालिकामाथि यस प्रकारले एकाेहाेराे प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित सबैलाई क्षति पुग्ने कुरामा सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएकाे छ।'
उनले बार एसाेसिएसन र न्यायपालिकाबीच हार्दिकता र पारस्परिकता टुटेकाे भन्दै पुनः समाधान खाेज्न अपिल गरेका छन्। उनले विग्रहकाे बाटो छोडी पुनः संवादकाे बाटो राेज्न आह्वान गरेका छन्।
.png)
कात्तिक २९, २०७८ सोमबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।