'न्यायपालिका बाँचेन भने लाेकतन्त्र बाँच्दैन'

'न्यायपालिका बाँचेन भने लाेकतन्त्र बाँच्दैन'

'लोकतन्त्रमा न्यायपालिका बाँचेन भने लोकतन्त्र बाँच्दैन। वकिलको शरीरमा नछुनुस्। अदालतको बेञ्चभित्र पुलिस राखेर बहस नगरौं। पुलिसले वकिलहरूलाई दमन गर्ने होइन', उनले भने।  

उनले अधिवक्ताहरूलाई पनि राजनीतिक संगठन खोलेर न्यायालयमा प्रभाव पार्ने काम नगर्न सुझाव दिए। उनले जागिरका लागि न्यायाधीश बन्न खाेजेर विकृति ननिम्त्याउन पनि आग्रह गरे।  

उनले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई पनि पदकाे सम्मानकाे लागि पद छाड्न आग्रह गरे। 'हामी अदालत बचाउनको लागि आन्दोलन गरिरहेका छौं। यसले गलत ट्रेण्ड बसाउने त होइन भन्ने प्रश्न छ। यसले गलत ट्रेण्ड बसाउँदैन। शुद्धिकरणको अभियान हो', उनले भने। 

उनले सम्पूर्ण उच्च अदालतका न्यायाधीसलाई पनि राजीनामा दिन तयार रहन बताए। 'तपाईंहरू जागिर खाने होइन, आन्दोलनलाई सफल पार्नुस्। राजीनामा दिनुहुन्न आन्दोलनको समर्थन गर्नुहुन्न भने उहाँहरूलाई माननीय नभने पनि हुन्छ', उनले भने, 'राजनीतिक पार्टीहरू बोल्नुस् अब। भोलि पनि पुलिस ठेल्न आयो भने शोभनीय हुँदैन।' 

उनले कानून व्यवसायीहरूलाई पनि सभ्य भाषा प्रयाेग गर्न सुझाव दिए। उनले भने, 'मुर्दावाद भनेको मन्छे मर भनेको हो, अर्कै शब्द चयन गर्नुस्।'

उनले अन्त्यमा पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै आफ्नाे भनाइ टुंग्याएका थिए।

कात्तिक २९, २०७८ सोमबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।