तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
जिल्लाकाे चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जानेक्रममा तीर्थयात्री रहेको जीप दुर्घटना भएकाे हाे।
जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१० बेतिनी रुप्सेकी ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन्। उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे।
यस्तै थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। उनकाे भने पहिचान हुन सकेको छैन।
प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र सडकबाट करिब ६०० मिटर तल झरेको दुर्घटना भएकाे बताए।
दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाैं पठाइएकाे छ भने अन्यकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ।
कात्तिक २९, २०७८ सोमबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।