प्रहरीकाे घेरा ताेडेर सर्वाेच्चकाे मूलगेटमा कानून व्यवसायी, प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन गर्ने पक्राउ

प्रहरीकाे घेरा ताेडेर सर्वाेच्चकाे मूलगेटमा कानून व्यवसायी, प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन गर्ने पक्राउ

शुक्रबार कानून व्यवसायीहरूले सर्वाेच्च अदालतकाे मूलगेटअघि धर्ना दिएका थिए। आइतबार भने सर्वाेच्च अदालतभित्रै प्रवेश गरेर धर्ना दिएका कानून व्यवसायी आज पनि सर्वाेच्च प्रवेश गरिसकेका छन्। नेपाल प्रहरीले उनीहरूलाई राेक्न खाेजे पनि प्रहरीकाे घेरा ताेड्दै कानून व्यवसायी अदालतकाे मूलगेट प्रवेश गरेका हुन्। 

उनीहरूले अदालतभित्रै धर्ना सुरु गरिसकेका छन्। यद्यपि धर्नामा सम्बाेधन गर्ने क्रममा प्रहरीले माइक खाेसेपछि भने केहीबेर घम्साघम्सी परेकाे छ।  

हाल धर्नास्थलमा सञ्चारकर्मीलाई राेक लगाइएकाे छ भने कानून व्यवसायीहरू माइक खोसिएपछि बिनामाइक भाषण गर्दैछन्। 

यस्तै अदालत परिसरबाहिर भने प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ परेका छन्। हिजाे पनि प्रधानन्यायाधीश राणाकाे समर्थनमा प्रदर्शन गर्ने करिब ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे। 

कात्तिक २९, २०७८ सोमबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।