बारा र सिन्धुलीका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाकाे मृत्यु
मुत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ६६ वर्षीय रमेश कार्की रहेका छन्। विपी राजमार्गमा खहरेबाट रिट्ठेगाउँ आउँदै गरेको रा१त ३१७३ नम्बरको ट्याक्टर हिजो बेलुकी ७ बजे दुर्घटनामा परेकाे हो। धान लिएर गाउँ जाने क्रममा उनी ट्याक्टरबाट खसेको प्रहरीले जनाएको छ।
यस्तै बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमा हिजो साँझ ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका २ की ४५ वर्षीया बुलेना देवी सोनारको मृत्यु भएको हो।
हिजो साँझ ६ बजे बाटो काट्दै गरेकी महिलालाई प्रदेश २–०३–००१ख १४६८ नम्बरको इन्धन बोकेको ट्याङकरले ठक्कर दिएको थियो। घाइते भएकी महिलाको उपचारको क्रममा वयोधा अस्पताल विरगञ्जमा मृत्यु भएको हो।
दुर्घटनापश्चात् फरार रहेका सवारी साधनसहित चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय परवानीपुरले जनाएको छ।
कात्तिक २९, २०७८ सोमबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।